तेजगंगा बहुमुखी क्याम्पस पनौती अन्तर्गत Student Quality Circle ( SQC) द्वारा आयोजित Volunteer Camp यही २०८१ मंसीर २८ गते सम्पन्न भएको छ। गत २०८१ भाद्र १०- १२ गते आएको अविरल वर्षा र बाढीका कारण पनौती नगरपालिका वडा नम्बर ८ र ४ मा रहेको मल्पी लिलावती सिँचाइको क्षतिग्रस्त करिब एक किलोमिटर नहर क्याम्पसमा अध्ययनरत करिब ५० भन्दा बढी विद्यार्थीहरुद्वारा श्रमदान गरी कुलो सफा गर्ने कार्य सम्पन्न भएको छ। कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्री दिपक दाहाल र वडा नम्बर ८ का वडा सदस्य विश्वनाथ श्रेष्ठ को पनि उपस्थिति रहेको थियो। कार्यक्रमको समन्वय वडा नं ४ र ८ बाट गरिएको थियो भने Volunteer कार्यक्रमकाे नेतृत्व SQC का
उपाध्यक्ष निर्मला तामाङले गर्नुभएको थियो ।