२०८१ असोज ११ र १२ गतेकाे अबिरल वर्षासँगै आएको बाढी पहिराे बाट काभ्रे जिल्ला अन्तर्गत पनौती नगरपालिका वार्ड नं १,२,३,७,८,१०,११ एवं १२ मा अत्याधिक प्रभाव पर्न गई जनधनको समेत क्षति हुन गएको ब्यहोरा हामी सबैलाई सर्वविदितै छ । साथै छिमेकी पालिकाहरु बेथाञ्चोक तथा खानीखोलामा पनि त्यत्तिकै मात्रामा जनधनको क्षति हुन गएकोमा क्याम्पस परिवार अत्यन्तै दुःखी भएकाे छ । प्रकोपमा परि ज्यान गुमाउने प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दछौ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं। संग सङ्गै पीडित परिवारलाई यथाशीघ्र अति आवश्यकीय सेवा पुर्याउन तीनै तहका सरकारलाई माग गर्दछौं। यस विषम परिस्थितिमा हामी आफूहरू पनि आफ्नो क्षमताले भ्याए सम्मकाे सहयोग र उद्दार कार्यमा सक्रिय रहौं भन्ने अपील पनि गर्दछौं ।